फाइल तस्वीर

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने मतदान सुरु भएको छ । गत शनिबारदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालबिच प्रतिस्पर्धा हुन लागेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शङ्कर पोखरेल निकटको हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आज बिहान ८ः४५ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुनेछ । लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ । नेतृत्वका लागि १ हजार ४ जना प्रतिनिधिले मतदान गर्दै हुनुहुन्छ । मतदान दिउँसो १ बजेसम्म हुनेछ ।