फाइल तस्वीर
काठमाडौँ — एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो ।

नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।