फाइल तस्वीर
महेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।