फाइल तस्वीर
अबुजा — पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिनुभएको हो ।

न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा खटिएकाहरूलाई भने तत्काल फिर्ता नबोलाउन राष्ट्रपतिले निर्देशन दिनुभएको राष्ट्रपतिका प्रवक्ता अजुरी एनगेलेले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।