साङ्केतिक तस्वीर


उडिसा — भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ । चट्याङको कारण उडिसाको ६ वटा जिल्लामा गरी १० जनाको मृत्यु भएको हो । उडिसामा चट्याङ लागेर अन्य तीनजना घाइते भएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् ।

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलांगिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएको राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । यसअघि गत वैशाखमा पनि नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङकै कारण तीनजनाको मृत्यु भएको थियो ।