साङ्केतिक तस्वीर

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेप्से र सबै उपसमूहका सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो कारोवार दिनको तुलनामा २९ दशमलव ८१ अङ्कले घटेर नेप्से १९६० अङ्कमा कायम भएको छ ।

सेयर कारोवार आज कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको मात्रै रहेको छ । बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अङ्कले घटेका छन् । आठ वटा कम्पनीको मूल्य बढ्दा २१२ वटा कम्पनीको घट्न पुग्यो भने आठ वटाको स्थिर रह्यो ।

आज दुई वटा हाइड्रोपावर कम्पनीको मूल्य बढेको छ । बढेका कम्पनीहरुमा थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशते सिक्लेस हाइड्रोपावरको ५ प्रतिशतले बढेको छ । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहेको देखिएको छ ।