फाइल तस्वीर

जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।