फाइल तस्वीर

काठमाडौँ — साताको पहिलो दिन आज आईतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।