फाइल तस्वीर
किएभ — झण्डै दुई वर्षदेखि युद्धको विभिषिका भोगिरहेको युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूमि फिर्ता लिन सैन्य कारवाहीलाई तीव्रता दिएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन सफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

समाचारमा जनाइए अनुसार जापोरियाको रोबोटिन र नोमोप्रोकोपिभ्का क्षेत्रमा युक्रेनले आफ्नो उपस्थिति बढाउन सफल भएको छ । सैन्य तैनाथी, हतियार बन्दोबस्ती र विपक्षी निसानाको ठेगान लगाउन युक्रेनी सेना सफल भएको युक्रेनी उच्च सैनिक अधिकारीले दावी गरेका छन् ।

रुसी सैन्य आधारका रुपमा समेत रहेको दक्षिणी मोर्चा कमजोर बनाउन युक्रेन सफलउन्मुख रहेको पुष्टि गर्ने तथ्यहरु भेटिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । युक्रेनले पछिल्लो समयमा विष्फोटक हतियार सहितका ड्रोनमार्फत् रुसी सैन्य पकडलाई निस्तेज पार्दै गरेको दावी गरेको छ ।