तस्वीरः वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सभा ।

सुर्खेत — चार दलीय समाजवादी मोर्चा नेपालले आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सन्देशसभा गरेको छ । उक्त सभालाई मोर्चाका शीषनेताहरुले सम्बोधन गर्नुभएको छ ।

सन्देशसभाले कर्णाली प्रदेशमा समन्वय समितिको घोषणा गरेको छ । उक्त समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन÷तीन जना सदस्य रहनुभएको छ । जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्णबहादुर जिसी र दिनेश चँदारा रहनुभएको भने नेकपा (एकीकृत समाजवादी)बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य मोर्चाको सदस्य छानिनुभएको छ ।

यसैगरी विप्लव नेतृत्वको नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी र जनता समाजवादी पार्टीबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य चयन हुनुभएको छ । यसरी कर्णाली प्रदेशको मोर्चा समन्वय समितिमा १२ जना सदस्य रहनुभएको छ ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुले सभालाई सम्बोधन गर्नुभएको थियो ।