फाइल तस्वीर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घको ३३ औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै मन्त्री किरातीले भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

मन्त्री किरातीले देशको प्रमुख साझा सत्रु भ्रष्टाचार भएकोले सबैले यसका विरुद्ध लड्न र सरकारलाई साथ दिन आग्रह गर्नुभयो । अहिले सरकारसँग त्यो क्षमता भएको भन्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भ्रष्टाचार नियन्त्रणको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घको साधारणसभामा बोल्दै मन्त्री किरातीले पर्यटन नीति संशोधनको तयारी भइरहेकोले अब छिट्टै नै संशोधन हुने दावी समेत गर्नुभएको थियो ।