फाइल तस्वीर

काठमाडौँ– आजदेखि पाकिस्तानस्थित मुल्तान स्टेडियममा एसिया कप क्रिकेट सुरु हुँदै छ । आज हुने उक्त खेलमा नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुने भएको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

एसिया कपले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानको पाकिस्तानसँग खेल्ने अवसर जुराएको छ । नेपालले आफ्नो क्रिकेट पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेलअघि उद्घाटन समारोह समेत आयोजना हुने तालिका रहेको छ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध श्रीलङ्कामा सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । यहि भदौ ३१ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतबीचको खेल आगामी सोमबार श्रीलङ्काको कान्डीमा हुनेछ ।