फाइल तस्वीर
जेनेभा — महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन् ।

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन् ।