फाइल तस्वीर
काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली सुन,चाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम रहेको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।