फाइल तस्वीर
मकवानपुर — मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उहाँका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिनुभयो ।

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको आज निधन भयो ।

दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गर्नुभएका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गर्नुभएको थियो । गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुुरस्कारसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो ।