फाइल तस्वीर
गुवाहाटी — भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसादको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । विश्वको सबैभन्दा बूढो मध्येको एक हात्ती बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो ।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले बताउनुभयो । सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो ।

बिजुली प्रसाद नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो । पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो ।

पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुनसक्ने सरमानको अनुमान छ ।