फाइल तस्वीरः धादिङ जिल्ला अस्पताल ।
धादिङ — धादिङ जिल्ला अस्पतालले आजदेखि बिरामीहरुका लागि ७९ वटा बेड निःशुल्क गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको उक्त अस्पतालले आवश्यकताको आधारमा वेड सङ्ख्या थपेर ९० बेडमा बिरामीको उपचार गर्दै आएकोमा आज आईतबारदेखि ७९ वटा बेड निःशुल्क गरेको हो ।

यस अस्पतालले आज देखि आईसीयुको ५ वेड, एनआइसीयुको ५ बेड र क्याबिन १ वेड बाहेक अरु सबै ७९ वटा बेड आजदेखि निःशुल्क गरेको जनाएको छ ।

बागमती प्रदेशले प्रदेशको १३ अस्पतालका आठ सय शय्या निःशुल्क गर्ने कार्यक्रम अनुसार धादिङ अस्पतालको भागमा ७९ वटा वेड निःशुल्क गर्न छुट्याएको हो । यसअघि यस अस्पतालले इमर्जेन्सी र अन्य बेडमा दिनको प्रतिवेड एक सय रुपैयाँ शुल्क लिने गरेको थियो । अबदेखि ७९ वटा निःशुल्क बेडबाट बिरामीहरुले उपचार सेवा पाउनेभएका छन् ।