तस्वीरः जारी फिफा महिला विश्वकप फुटबलमा तेस्रो स्थान प्राप्त गरेर खुसी भएका स्वीडेनका खेलाडी ।
काठमाडौँ – जारी फिफा महिला विश्वकप फुटबलमा स्वीडेनले सान्त्वना जित निकालेको छ । अष्ट्रेलियाको ब्रिसवेनमा आज शनिबार भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० ले स्तब्ध पार्दै तेस्रो स्थान हात पारेको हो ।

फिफा महिला विश्वकप फुटबलमा स्वीडेन चौंथो पटक तेस्रो भएको हो । स्विडेनले आयोजक अस्ट्रेलियाविरुद्ध पहिलो र दोस्रो हाफमा समान १–१ गोल गर्दै तेस्रो स्थान पक्का गर्दै कास्य पदक प्राप्त गरेको छ ।

दुवै टिमको प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले पहिलो हाफको ३० औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै फ्रिडोलिना रोल्फोले गोल गर्न सफल भइन् । अष्ट्रेलियन खेलाडी फल गरेपछि भिएआरको सहयोगमा क्लेरी हन्टले स्टिना ब्ल्याकटेनियसलाई लडाएको प्रमाणित भयो र स्वीडेनले पेनाल्टीको मौका पाएको थियो ।

पहिलो हाफमा १–० गोलले पछाडि परेको घरेलु टिम अष्ट्रेलिया खेलमा फर्कन प्रयासरत थियो । केही प्राप्त अवसरहरुलाई उसले सदुपयोग गर्न नसकेन ।

लयमा देखिएको स्वीडेनले खेलको मध्यान्तर पछि पुनः एक गोल गदैए अग्रता दोब्बर बनायो । स्विडेनका लागि कोसोभरे अस्लानीले ६२ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई स्तब्ध बनाइन । यद्यपि अस्ट्रेलियाको यो विश्वकपमा सर्वाधिक माथिल्लो प्रदर्शन हो । गृह मैदान र घरेलु समर्थकको फाइदा उठाउन अष्ट्रेलियम चुकेता पनि सबैको मन जित्न भने सफल भयो ।

स्विडेनको भने यो विश्वकपमा लगातार दोस्रो संस्करणमा तेस्रो स्थान प्राप्त गरेको हो । समग्रमा भने स्विडेन चौथो पटक तेस्रो बन्यो। १९९१ को पहिलो विश्वकपमा जर्मनीलाई हराउँदै तेस्रो बनेको स्विडेन त्यसपछि २०११ मा फ्रान्सलाई हराएर तेस्रो बनेको थियो । त्यस्तै २०१९ मा इङ्ल्याण्डलाई हराएर तेस्रो बनेको स्वीडेन जारी संस्करणमा पनि तेस्रो स्थानमा खुम्चिन बाध्य भयो । स्वीडेनलाई विश्वकप दावेदार मानिएको टिम थियो ।