फाइल तस्वीरः मुख्यमन्त्री उद्दव थापा ।
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले भने भदौ ४ गते विश्वासको मत लिनुहुने भएको हो ।

मुख्यमन्त्री थापाले भदौ ३ गते आईतबारका लागि समय निर्धारण गर्दै प्रदेश संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापाले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिनुभएको थियो ।

कोशी प्रदेशको सभामुखको जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवारले भदौ ४ गते सोमबार प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने समय दिनुभएकोले मुख्यमन्त्री थापाले सोही दिन विश्वासको मत लिनुहुने भएको जनाइएको छ ।

मुख्यमन्त्री थापा गत साउन १६ गते नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजावादी र जनता समाजवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।