फाइल तस्वीर
सिङ्गापुर — सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् । सिङ्गापुरको निर्वाचन समितिले आज वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय प्रमुख तान किन लियानलाई योग्यताको प्रमाणपत्र जारी गरेको हो ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले अगस्ट २२ मा मनोनयन गर्ने दिन तय गर्दै राष्ट्रपति चुनावको रिट जारी गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचन सेप्टेम्बर १ मा हुँदैछ ।