फाइल तस्वीर
त्रिशुर — केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिएको छ । बस पल्टिँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई नजिकैको दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचारका लागि लगिएको हो । उनिहरुको अस्पतालमा उपचार भइरहेको राज्यका राजस्व मन्त्री के राजनले बताउनुभएको छ ।

मन्त्री राजनले घटनास्थलमा पुगेर घटनाको जानकारी लिनुभएको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ ।