प्रतिकात्मक तस्वीर
बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कृपाल सुनारले आफ्नी श्रीमती केशकुमारी विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय सुनारले हिजो बिहीबार ४० वर्षीया श्रीमती केशकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिइ उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।