फाइल तस्वीर

विराटनगर — कोशी प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । गत असार १५ देखि स्थगित बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा आजैबाट २०८०÷८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत रहेको छ ।