फाइल तस्वीर

काठमाडौँ– साता पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।