फाइल तस्वीर
काठमाडौँ — प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले प्रदेश निजामती सेवाका लागि आवेदन माग गरेको छ । प्रदेशले नवौँ र एघारौँ तहका आवश्यक पद पूर्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रदेश लोकसेवामा आयोगले खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ ।

जसका लागि उम्मेदवारहरूले तोकिएको न्यूनतम योग्यताका कागजातसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । योग्य र इच्छुक उम्मेदवारहरूले आगामी भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

111692235001.jpg