प्रतिकात्मक तस्वीर

काठमाडौँ – सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा आज थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र सङ्गठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक हुन् । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको सख्या २२ पुगेको छ ।