प्रतिकात्मक तस्वीर

काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट आएको छ । आज नेप्से २० दशमलव ३१ अङ्कले घटेर २०२५ दशमलव १२ बिन्दुमा झरेको हो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घटेको छ । आज १ अर्ब ६७ करोडको कारोबार भएको छ । आज २०४४ दशमलव ०५ विन्दुमा खुलेको बजारमा ० दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ । आज कारोबारमा मध्ये ३४ कम्पनीको सेयरमूल्य बढेको छ । आज १८५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।

आज १३ उपसमुहमा गिरावट देखिएको छ । आज हाइड्रोपावर उपसमुहको सबैभन्दा धेरै १ दशमलव ८५ प्रतिशतले गिरावट आएको छ । आज सनराइज फोकस इक्वीटी फण्डको सर्वाधिक ४ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यसैगरी बलेफि हाइड्रोपावरको ३ दशमलव ९९ प्रतिशत र स्वरोजगार लघुवित्तको सेयरमूल्य ३ दशमलव ७७ प्रतिशतले घटेको छ । आज हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक ८ करोड ४१ लाखको कारोबार भएको छ ।