फाइल तस्वीर

काठमाडौँ — साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक सय रुपैँयाले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मङ्गलबार उक्त सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेरको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।