फाइल तस्वीर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

आयोगका अनुसार आज बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले राजविराज ३ बाट नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको हो ।