विराटनगर — कोशी प्रदेशका नवनियुक्त राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको छ । काङ्ग्रेसबाट नवनियुक्त मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बन्नुभएको हो । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसक्नुभएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।