विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मण्डललाई राज्यमन्त्री नियुक्ति गर्नुभएको हो ।


मण्डलले आजै बिहान ९ बजे सपथ लिने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिनुभयो । ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालिन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पु¥याउनुभएका मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाउनुभएको हो ।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसक्नुभएको छ । जसमा माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, काङ्ग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, नेकपा एकीस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहनुहुन्छ ।