काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन आह्वान गरेको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो ।
बोर्डले जनाए अनुसार बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको छ । गत बैशाश २५ देखि जेठ ५ सम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।


त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।

151692147601.jpg