फाइल तस्वीर

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक टिम अष्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुने भएको हो ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएका थिए ।

हिजो भएको पहिलो खेलको सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक उपाधि नजिक पुगेको छ । ३२ राष्ट्र सहभागी महिला विश्वकप गत जुलाई २० देखि सुरु भएको हो ।