फाइल तस्वीर
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको हो ।

नतिजामा ४९ दशमलव शून्य ९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । अध्यक्ष शर्माका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।