फाइल तस्वीर

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार तोलामा एक लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।