साङ्केतिक तस्वीर
चितवन —पाँच केजी गाँजासहित २२ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको नाराणगढबाट वीरगञ्जज जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको बसमा सवार ती युवतीलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका घर बताउने २२ वर्षीया नानु घलान रहेकी छिन् । उनले बोकेको कपडाको ब्यागभित्र लुकाएको अवस्थामा हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टको टोलीले करिब ५ केजी गाँजा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । बसलाई भने गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।