फाइल तस्वीर

काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुन,चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन शुक्रबार कै मूल्यमा यथावत रहि प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज आईतबार तेजाबी सुन पनि स्थिर रहि शुक्रबार कै मूल्यमा प्रतितोला १ लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।