फाइल तस्वीर

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले सानदार जित निकालेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा एस्टन भिल्लालाई ५–१ गोलले हराउँदै न्युकासलले फराकिलो जित निकालेको हो ।

न्युकासलका एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्न्सले १–१ गोल गरेका थिए । यस्तै, भिल्लाका लागि मौसा डियाबीले एक गोल फर्काएका थिए ।