फाइल तस्वीर
म्यानमार — बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् ।


डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए । खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ ।