फाइल तस्वीर
इस्लामवाद — पाकिस्तानमा तल्लो सदन राष्ट्रियसभा भङ्ग भएको छ । राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा गएराति संसद्को तल्लो सदन राष्ट्रियसभा भङ्ग गरिएको हो ।

संसद भङ्ग भएसँगै पाकिस्तान अब आमनिर्वाचन गर्ने बाटो खुलेको छ । पाकिस्तानी सञ्चारमाध्यम पीटीआईका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा पाकिस्तानी संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो । प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रियसभा भङ्ग गर्न सिफारिस गरेको समाचारमा जनाइएको छ ।

पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन) नेतृत्वको गठबन्धन सरकार अझै दुई दिनसम्म सत्तामा रहन सक्ने अवस्था थियो । राष्ट्रपतिले अगस्ट ११ मा संसद् विघटन गर्न चाहेका थिए । तर, जेल जीवनमा रहेका पूर्व प्रधानमन्त्री इमरानको पार्टीका पूर्व नेता राष्ट्रपति अल्वीले तल्लो सदन विघटन गर्न तत्काल अधिसूचना जारी गर्न अस्वीकार गर्ने सम्भावना रहेपछि दुई दिन अघि नै विघटनको सिफारिस गर्नुभएको हो ।

जियो न्यूजको रिपोर्टका अनुसार प्रधानमन्त्री शेहबाजले बुधबार ढिलो राष्ट्रपति अल्वीलाई राष्ट्रियसभा विघटन गर्न पत्र पठाउनुभएको थियो । उक्त पत्रपछि औपचारिक रूपमा कार्यवाहक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्नेछ ।

संसद्को तल्लो सदनको कार्यकाल सकिन तीन दिनअघि प्रधानमन्त्री शेहबाजले राष्ट्रपति अल्वीलाई यसलाई विघटन गर्न सल्लाह पठाउनुभएको हो । राष्ट्रपति अल्वीले तत्कालै राष्ट्रियसभा भङ्ग गर्न वा ४८ घण्टा ढिलाइ गर्न सूचना जारी गर्न सक्नुहुने छ ।

नेशनल एसेम्बलीको समयपूर्व विघटन भएमा पाकिस्तानको निर्वाचन आयोगले ९० दिनभित्र निर्वाचन गराउनेछ । राष्ट्रियसभाको संवैधानिक कार्यकाल पूरा भएको भए ६० दिनभित्र निर्वाचन हुने थियो ।