फाइल तस्वीर

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा प्रकाशन नहुँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । त्रिविले मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

त्रिविले आगामी आईतबारदेखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने गरी भर्ना खुलाएको सूचनामा उल्लेख छ । त्रिविले सार्वजनिक गरेको सूचना अनुसार मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन हुने गरी स्नातक तहप्रथम वर्षको भर्ना खुलाएको हो ।

363786037_311357391290129_3004300572087741469_n