फाइल तस्वीर
अमेरिका — पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मङ्गलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार र म्यारील्यान्डमा ६४ हजार मानिस बिजुलीविहीन भएका छन् । मङ्गलबार बिहान १ हजार भन्दा धेरै उडान पनि सारिएको थियो ।

पूर्वी अमेरिका अहिले पनि ठूलो आँधीको चपेटामा छ । यसकारण न्यूयोर्कबाट अलबामासम्म लगभग १० लाख घर र व्यवसायको बिजुली गएको छ । ठूलो आँधीका कारण हजारौँ उडान पनि रद्द भएका छन् । करिब पाँच करोड मानिस आँधीका कारण तनावमा परेका छन् ।

सङ्घीय उडान प्राधिकरणका अनुसार सोमबार न्यूयोर्क, फिलाडेल्फिया, अटलान्टा र वासिङ्गटन डीसीका विमानस्थलमा ग्राउन्ड स्टप जारी गरिएको छ ।

आँधीका कारण विभिन्न राज्यमा आधा दर्जनले ज्यान गुमाएका छन् । मौसम विभागका अनुसार आँधीको समयमा चट्याङ पर्दा केही मानिसको ज्यान गएको छ । अमेरिकामा चट्याङबाट हुने मानिसको मृत्यु दुर्लभ छन् । अमेरिकामा हरसाल करिब २० मानिसले चट्याङबाट ज्यान गुमाउँछन् ।

मौसम विभागले आँधीबाट सबैभन्दा प्रभावित घटनाहरुमध्ये एक चेतावनी जारी गरेको छ । यस दशकमा पहिलो पटक मौसम विभागले डीसी शहरमा चार–पाँच स्तरको जोखिम गरेको छ । मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर पठाइएको र मौसम वैज्ञानिक एलीन व्हेलनले क्षति धेरै नभए पनि जोखिम उच्च रहेको बताएका छन् । एजेन्सी