अफगानिस्तान — अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २ सय जना बिरामी परेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका हुन् ।

सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले जानकारी दिएका छन् ।

यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४ सय जना बिरामी परेको दाबी गर्नुभयो । रासस