फाइल तस्वीर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कर्जा निक्षेप अनुपात अर्थात् सीडीसी रेसियो कायम नगरेकोमा तीन बैंकहरुलाई कारवाही गरेको हो ।

कारवाही गरिएका बैंकहरुमा हिमालयन बैंक, कुमारी बैंक, प्राईम कमर्सियल बैंक रहेका छन् । कारवाही गरिएका वाणिज्य बैकहरु मध्ये हिमालयन बैंक र कुमारी बैंकलाई कर्जा निक्षेप अनुपातको रेसियो कायम नगरेको भन्दै नगद जरिवाना सहित कारवाही गरेको छ । हिमालयन बैंकलाई १ करोड ३९ हजार रुपैयाँ र कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यसैगरी प्राईम कमर्सियल बैंकलाई क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेकोमा सचेत गराइएको छ । क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणनागर्दा वास्तविकभन्दा कम गरेको साथै प्रिमिय दर बढाई ब्याज असुल गरेकोमा प्राइम बैंकको सीईओलाई राष्ट्र बैंकले बोलाएर सचेत गराएको हो ।