फाइल तस्वीर

काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को आसाढ मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।


अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकको नाफा औसत २४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।


देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । अघिल्लो वर्षको तुलनामा यी दुई बैंकको नाफामा कमी आएको हो । कुमारी बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८ दशमलव ८१ प्रतिशतले घटेको छ ।

वित्तीय विवरणानुसार बैंकहरुको नाफा आर्जनः
नबिल बैंक

नबिल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशले वृद्धि भएको हो ।


ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंक लिमिटेड बढी नाफा गर्ने बैंकमध्येमा दोस्रोमा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा यो बैंकले सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६दशमलव २६ प्रतिशतले मात्र वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
ग प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गनर्माे दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ । यो बैंकले ५६ दशमलव २७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कुमारी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गई एकीकृत कारोबार गरेको कुमारी बैंकले आफ्नो पफर्मेन्स कमजोर देखाएको छ । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा २४ दशमलव १४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बैंकको खुद नाफा भने ९ दशमलव ७५ प्रतिशत मात्र बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको त्यही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुछ«े बैंक रहेको छ । यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गएको आर्थिक वर्षमा तीन अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा आठ बैंक रहेका छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंक पनि कम नाफा आर्जन गर्ने बैंकको सूचीमा रहेका छन् ।

सरकारको स्वामित्व भएका तीन बैंक नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने तीन अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

नेपाल बैंक
नेपाल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा १६ दशमलव ७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४५ दशमलव ९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


राष्ट्रिय वाणिज्य बैंक
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १४दशमलव ५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २५ दशमलव १३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ९दशमलव ९१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १०।४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रभु बैंक
प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४८ दशमलव ५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोे थियो ।

हिमालयन बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७ दशमलव ९६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोे थियो ।

एनएमबि बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३ दशमलव ६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लक्ष्मी सनराइज बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४९दशमलव ४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनआईसी एशिया बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १० प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७ दशमलव २४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १३ दशमलव १४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्राइम कमर्सियल बैंक
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १८ दशमलव ८० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल एसबिआई बैंक
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३६ दशमलव ८२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।