फाइल तस्वीर
काठमाडौं — साताको पहिलो दिन आज आईतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

महासङ्घकाअनुसार आज सुनको मूल्य तोला एक लाख १२ हजार ५ सय रुपैयाँले कारोबार भएको छ । त्यसैगरी तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । सेतो धातु चाँदीको मूल्य भने प्रतितोला १४ सय २५ रुपैयाँमा स्थिर छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार दुई सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।