फाइल तस्वीर
मस्को — मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी जहाजहरूले युक्रेनको सो प्रयासालाई विफल पारेको हो ।

“आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानव रहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानव रहित ती डुङ्गाहरू नष्ट गरिएको छ,“ रुसले जनाएको छ । नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ । कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।