फाइल तस्वीर
ब्राजिलिया — रियो दि जेनेरियो शहरको आसपास क्षेत्रमा प्रहरीले गरेको आक्रमणमा कम्तिमा नौ व्यक्तिको मृत्यु भएको छ ।
भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।


ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ ।


अन्तराष्ट्रिय समाचार एजेन्सी अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले – प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन– ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’


पूर्व राष्ट्रपति बोल्सोनारेले ब्राजिलमा “बुलेट लबी“ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।