फाइल तस्वीरः अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ।
वासिङ्टन — अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि चारवटा अभियोग लागेको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उक्त परिणाम उल्ट्याउन षड्यन्त्र गरेको भन्दै चारवटा अभियोग लगाइएको हो ।
यो अभियोगसँगै सन् २०२१ को जनवरी ६ तारिखमा अमेरिकी संसद् भवनमा भएको दङ्गाको घटनाको विषयमा अनुसन्धान टुङ्गिएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि विरुद्ध राज्यलाई धोका दिने षड्यन्त्र रचेको, साक्षीलाई प्रभावित पारेको र नागरिक अधिकारविरुद्ध रणनीति बनाएको आरोप लगाइएको छ । यो अभियोजनसँगै सन् २०२१ को ज्यानुअरी ६ तारिखमा अमेरिकी संसद् भवनमा भएको दङ्गाको घटनाबारे अनुसन्धान टुङ्गिएको छ।

अमेरिकी न्याय मन्त्रालयबाट नियुक्त भएका विशेष सल्लाहकार ज्याक स्मिथले ट्रम्पको अनुसन्धानको नेतृत्व गरेका हुन् । सन् २०२१ को जनवरी ६ तारिखका दिन देशको राजधानीमा भएको आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको अभूतपूर्व आक्रमण थियो भनेका छन् । यद्यपि पूर्वराष्ट्रपति ट्रमले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

उनीविरुद्ध यसअघि नै गोप्य दस्तावेज सुरक्षित रूपमा नराखेको र एक महिला पोर्नस्टारलाई “मुख नखोल्न“ दिइएको रकम ढाकछोप गर्न आफ्नो व्यापारिक अभिलेखमा मिथ्या विवरण भरेको आरोप लगाइएको छ।

निर्वाचनसम्बन्धी अनुसन्धान उनको पराजय र वाशिङ्टन डीसीमा भएको दङ्गाबीचको दुई महिनाको अवधिमा ट्रम्पले गरेका कार्यहरूमा केन्द्रित छ। त्यतिबेला डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनको जितलाई सांसदहरूले प्रमाणीकरण गरेपछि ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गरेको थिए ।