फाइल तस्वीर

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्य सरेकोे छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजेका लागि तय भएको शपथग्रहण कार्यक्रम विशेष कारणवश आज साँझ ५ बजेका लागि सारिएको हो ।

नवनियुक्त मुख्यमन्त्रीको सपथग्रहणसँगै थापाले गठबन्धनबाट तीनजनालाई मन्त्री बनाउने भएका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मङ्गलबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गठबन्धनमा भागबण्डा मिलाउनका लागि उहाँले बिहानको शपथग्रहण बेलुकाका लागि सारिएको हो ।

सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ । एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरे पनि मुख्यमन्त्री थापा भौतिक पूर्वाधार मन्त्रालय दिन तयार हुनुहुन्न ।

काङ्ग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद रहेकोले जसका कारण उहाँले शपथग्रहणको समय सार्नुभएको हो ।